Sidha Post
२०८३ आश्विन २३, शुक्रबार

सिरहाबाट साढे १६ लाख बराबरको अवैध सामान बरामद

  • सिधा पोस्ट
  • २०८३ आश्विन १३, मंगलवार १७:१३ गते

सिरहा,असोज, १३ गते । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १६ लाख ५० हजार ४ सय ६३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार सोमबार विभिन्न सीमा इलाकाबाट भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरिएको हो।

बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, कस्मेटिक सामग्री, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा, चस्मा, मोटर पार्ट्स, चकलेट, फोटो फ्रेम तथा औषधिलगायत रहेको

र बरामद गरिएका सामान नियमानुसार सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

एसपी थापाका अनुसार २०८३ साउन र भदौ महिनामा मात्रै सिरहाका विभिन्न सीमा क्षेत्रबाट करिब २ करोड ९५ लाख रुपैयाँ बराबरका अवैध चोरी–निकासी तथा पैठारीका सामान बरामद गरी भन्सार दाखिला गरिएको थियो। त्यस्तै, असोज ११ गतेसम्म करिब ५३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।

 

स्रोत पूर्वाञ्चल एक्सप्रेस अनलाइन न्युज

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ