Flash News

सिरहा, १ भदौ ।

सिरहाको धनगढीमाई नगरपालिका स्थित जिरो माइलमा आज कोशी ग्यास खरिद गर्ने उपभोक्ताको ठूलो घुइँचो लागेको छ। गत हप्ताको तुलनामा आज ग्यास लिन आउने उपभोक्ताको संख्या दोब्बर बढी देखिएको छ।

​बिहानैदेखि सिलिन्डर बोकेर लाइनमा बसेका सर्वसाधारणले घण्टौंसम्म सास्ती व्यहोर्नुपरेको छ। बजारमा ग्यासको माग बढेको तर आपूर्ति सहज हुन नसक्दा र वितरण व्यवस्थित नहुँदा उपभोक्ताहरू यसरी सास्ती भोग्न बाध्य भएका हुन्।

​स्थानीयका अनुसार अघिल्लो साताभन्दा आज उपभोक्ताको संख्या निकै बढी छ। दैनिक उपभोग्य वस्तु ग्यासका लागि अझै कति दिन लाइन बस्नुपर्ने हो भन्नेमा स्थानीय उपभोक्ताहरू चिन्तित बनेका छन्। सम्बन्धित निकाय र वितरकले सहज आपूर्ति र पारदर्शी वितरणको व्यवस्था मिलाउनुपर्ने माग स्थानीयको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय