Flash News

लागुऔषध कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेका थिए । उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम बरामद भएको छ ।

 

 

 

लागुऔषध कारोबारी समात्न हवाई फायर, २ जना पक्राउ

लागुऔषध कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेका थिए । उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम बरामद भएको छ ।

नेपालगन्ज — बाँकेको कोहलपुरमा प्रहरीले हवाई फायर गरी ठूलो परिमाणको लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजंग गिरी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १४ किलो ७६० ग्राम लागुऔषध अफिम र दुई थान मोबाइल फोन बरामद गरेको छ ।

लागुऔषध अफिमको कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेका थिए। भाग्न खोज्नेलाई रोक्न प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय