साउन -०६, कोहलपुर। स्वास्थ्य सेवा र आपतकालीन प्रयोजनका लागि प्रयोग हुने “H” (Hospital/Health) चिन्ह जथाभावी निजी सवारीमा टाँस्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रश्न उठ्न थालेको छ ।
सामान्यतया एम्बुलेन्स, अस्पतालका आधिकारिक सेवा सवारी तथा स्वीकृत स्वास्थ्य सेवा सवारी बाहेक अन्य निजी कार, मोटरसाइकल वा साधारण सवारीमा H चिन्ह प्रयोग गर्नु कानुनी रूपमा उचित मानिँदैन।
यदि कसैले H चिन्हको दुरुपयोग गरी ट्राफिकमा विशेष सुविधा लिन, सर्वसाधारणलाई भ्रममा पार्न वा आपतकालीन सेवाको झूटो पहिचान बनाउन खोजे, त्यस्ता कार्यमा संलग्नमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनअनुसार कारबाही हुन सक्छ ।
स्वास्थ्य सेवाको प्रतीकलाई व्यक्तिगत सुविधा र प्रभाव देखाउने माध्यम बनाउनु कानुनमाथिको चुनौती हो । सम्बन्धित निकायले यस्तो दुरुपयोग रोक्न प्रभावकारी अनुगमन र कडा कारबाही अघि बढाउनुपर्ने आवाज उठिरहेको छ ।


