Sidha Post
२०८३ आश्विन ५, सोमबार
देवानगञ्जमा फेरि सामूहिक झडप

देवानगञ्जमा फेरि सामूहिक झडप

देवानगञ्जमा फेरि सामूहिक झडप
  • सिधा पोस्ट
  • २०८३ आश्विन ३, शनिबार २२:०८ गते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाहीमा सामूहिक झडप हुँदा एक जना घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ ५:२५ बजे मध्यहर्षाहीस्थित बीपी चोकमा दुई समूहबीच झडप भएको थियो । झडपमा देवानगञ्ज–२ बस्ने २४ वर्षीय निजकुमार यादव घाइते भएका छन् ।

घाइते यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनामा देवानगञ्ज–२ का २६ वर्षीय ललित यादव र २७ वर्षीय जयकृष्ण यादव संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको छ । जयकृष्ण यादवलाई थपसुनसरी अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोटोसमेत सार्वजनिक गर्दै पहिचान तथा अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।

यसअघि पनि देवानगञ्ज क्षेत्रमा ठूलो झडप भएको थियो । साउन १० मा दुई पक्षबीच भएकाे झडप हिंसात्मक बन्दा सुरक्षाकर्मीले गोली चलाएका थिए । जहाँ गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो । उक्त घटनापछि केही समय शान्त रहेको उक्त क्षेत्रमा पुनः झडप र गोली चलेको हो

स्रोत सूत्र न्युज

 

 

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ