Sidha Post
२०८३ कार्तिक ७, शुक्रबार

हिन्दुवादी संघ संगठनद्वारा आन्दोलनको घोषणा

  • सिधा पोस्ट
  • २०८३ कार्तिक २, आईतवार १९:०० गते

सिधा पोष्ट संवाददाता

२०८३/७/१

 

हिन्दुवादी समाजसेवी नेता तथा कार्यकर्ताहरुको बिना सर्त अविलम्व रिहाईको माग गर्दै आधा दर्जन हिन्दुवादी संघ संस्थाहरुले आन्दोलनको घोषणा गरेका छन् । कात्तिक १ गते गोलबजारमा एक पत्रकार सम्मेलनको आयोजना गरेर वितरण गरिएको प्रेस विज्ञप्तीमा विश्व हिन्दु परिषद् नेपाल,हिन्दु सम्राट सेना नेपाल,गायत्री परिवार,ओम शान्ति परिवार,हिन्दु संघर्ष समिति नारयणी सेना नेपाल लगायत सम्पूर्ण हिन्दु समाजको तर्फबाट जारी गरिएको हो ।

पत्रकार सम्मेलनमा समाजसेवी कासिन्द्र यादव, मिथुन दास र सञ्जय साहलाई झुठा मुद्दा लगाई पक्राउ गरी थुनामा राखिएको र अन्य १८ जना हिन्दुवादी युवाहरुलाई झुट्टा मुद्दामा फसाएर पक्राउ पुर्जी जारी गरिएकोमा त्यसको विरोध गर्दै उनीहरुको बिना सर्त र अविलम्ब रिहाईको माग गरिएको छ ।

प्रेस विज्ञप्तीमा हिन्दु समाज र हिन्दुवादी विभिन्न संगठनहरुको यस अन्यायपूर्ण घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेपाल सरकारका गृह मन्त्री सुदन गुरुङ्गसँग जनकपुरमा भएको सहमति र सम्झौता अनुसार आन्दोलनकारी हिन्दु समुदायमाथि कुनै पनि मुद्दा नचलाउने सहमति भएको थियो भनिएको छ । तर सहमति विरुद्ध सिरहाको स्थानीय प्रशासन र प्रहरीले हिन्दु समाजका नेता तथा कार्यकर्ताहरुलाई छानी छानी झुट्टा मुद्दा लगाई दुःख दिने र कारागारमा कोच्ने कार्य गरेको छ । यो सरासर हिन्दुहरु प्रति गरिएको अत्याचार र दमन हो । यसको हामी घोर विरोध गर्दै सबै झुट्टा मुद्दा खारेज गरी पक्राउ परेका हिन्दु समाजका नेता समाजसेवी तथा कार्यकर्ताहरुको बिना सर्त र अविलम्ब रिहाईको माग गरिएको छ ।
यदी नेपाल सरकार , सिरहाको स्थानीय प्रशासन र प्रहरीले हाम्रो मागको वेवास्ता गरी हिन्दुहरुमाथि दमन चक्र चलाउने कुचेष्टा गरिरहेमा हामी बाध्य भएर प्रतिरोधी आन्दोलनमा उत्रिने छौं भन्दै हिन्दुवादस् संघ संगठनहरुले त्यसबाट सिर्जना हुने सबैखाले अप्रिय स्थितिको जिम्मेवार नेपाल सरकार , सिरहाको स्थानीय प्रशासन र प्रहरी हुनु पर्ने जानकारी दिएको छ ।
एक सता भित्र हिन्दु समाजका समाजसेवी तथा नेताहरुको रिहाई भएन र झुट्टा मुद्दा खारेज गरिएन भने हिन्दु समाजले आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने कुरा पत्रकार सम्मेलन मार्फत जाहेर गरिएको छ ।

स्रोत दवानल अनलाइन पत्रिका

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ