Sidha Post
२०८३ कार्तिक २२, आईतबार
ट्रेन्डिङ
निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेलानिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला
नेपाल प्रिमियर एनपीएल

नेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

  • E Imagine Infotech
  • २०८३ कार्तिक ११, बुधबार

काठमाडौँ: नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् ।

एनपीएलमा आज बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् ।

विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको चितवन राइनोज कुशल मल्लको नेतृत्वमा रहेको छ । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन् । त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी छन् ।

त्यस्तै, साँझ मैदान उत्रिन लागेको जनकपुरको टोलीका कप्तान हर्मित सिंह रहेका छन् । जनकपुरमा उनीबाहेक कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दासजस्ता खेलाडी समावेश छन् ।

त्यसैगरी, जनकपुरमा अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद लगायतका खेलाडी पनि छन् ।

जनकपुरविरुद्ध मैदान उत्रिने कर्णालीको टिममा सोमपाल कामी कप्तान छन् । यस टिममा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ छन् । त्यस्तै, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, दिवान पुन लगायतका खेलाडी पनि कर्णालीको टिममा समावेश छन् ।

सोमबारदेखि सुरु भएको एनपीएलको समूह चरणका खेलहरु कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । त्यसपछि मङ्सिर १ गते पहिलो स्थान र दोस्रो स्थानका टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ । मङ्सिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ ।

मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित हुने टोली र इलिमिनेटरमा विजयी हुने टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । मङ्सिर ५ गते फाइनल भिडन्त तय भएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ