Sidha Post
२०८३ मंसिर ६, आईतबार
ट्रेन्डिङ
सिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयास

अदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सन

  • सिधा पोस्ट
  • २०८३ कार्तिक १७, मंगलबार

सिधा पोष्ट संवाददाता

काठमाडाैं । कथित बिचौलिया इनम सापकोटाले प्रहरीलाई दिएकाे बयानकाे अडियाे बाहिरिएकाे छ । जनआस्था नामक अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेको अडियो रेकर्डमा सापकोटाले अदालतमा विचाराधीन मुद्दा मिलाउनेदेखि राजनीतिक दलको आधिकारिकतासम्बन्धी विवादमा समेत आर्थिक चलखेल भएको दाबी गरेका छन् ।

बयानका क्रममा बिचाैलिया सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरादेखि कांग्रेस नेता गगन थापासम्म भएका आर्थिक लेनदेन र अदालती सेटिङबारे सनसनीपूर्ण दाबी गरेका छन् ।

सिंगापुर बसेर सेटल, काराेबार मिलाउन ब्राेकरकाे प्रयाेग

सापकोटाको बयानको सबैभन्दा चासोपूर्ण पाटो सिंगापुरमा भएको भनिएको तीन करोड रुपैयाँको डिल हो । उनले नविन तुलाधर नामका व्यक्तिलाई सिंगापुर पुगेपछि उमेश श्रेष्ठमार्फत चिनेको बताएका छन् ।

उनका अनुसार, उक्त समूहले आरजु देउवा र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्धित भनिएको ठूलो रकम व्यवस्थापन गर्ने काम गर्दै आएको थियो । काठमाडौं जिल्ला अदालत र पाटनमा दर्ता भएको ठगीसम्बन्धी मुद्दा सिंगापुरमै तीन करोड रुपैयाँमा मिलाउने गरी कुराकानी भएको उनको दाबी छ ।

त्यही डिलअन्तर्गत २० लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरिएको सापकोटाले बताएका छन् ।

सापकोटाले बयानमा भनेका छन्, ‘सिंगापुरमै तीन करोडमा सेटल गर्ने गरी डिल भएको थियो । त्यो डिल भएकोमध्ये २० लाख यतैतिर दिनु भनेर मेरो खातामा हालिदिएको थियो ।’

उनले आफ्नो एनएमबी बैंक खातामा रहेको रकम चोलेन्द्रशमशेर जबराको भएको र उक्त रकम जबराका भाइ प्रभु शमशेरले प्रयोग गरेको दाबीसमेत गरेका छन् ।

सापकोटाले उमेश श्रेष्ठको नेतृत्वमा मुद्दा मिलाउन एउटा समूह नै बनेको दाबी गरेका छन् । उक्त समूहमा सेयर बजारसँग जोडिएका व्यक्तिहरू रहेको र ब्रोकर नम्बर ६२ का अधिकलाल श्रेष्ठ पनि संलग्न रहेको उनको भनाइ छ ।

‘अधिकलाल श्रेष्ठ ब्रोकर नम्बर ६२ छ । उ सेयर खेलाडी हो । उमेशसरले सेयरमार्फत गरौं भनेर उहाँले भन्नुभएको छ । ग्रुपमा जतिपनि छन्, उनीहरूले रिसेन्ट्ली सेयर किनेको छ,’ सापकोटाले बयानमा भनेका छन् ।

त्यस्तै, आइप्लेक्स मलको विवाद मिलाउन उमेश श्रेष्ठको जग्गा आफ्नो नाममा ल्याइएको सापकोटाले बताएका छन् ।

‘आइप्लेक्स महलको झगडा सेटल गराउन उमेश सरको जग्गा मेरो नाम ल्याएको हो,’ उनले भनेका छन्।

चोलेन्द्रसँग दैनिक भेट, कांग्रेसका शीर्ष नेतासम्म पहुँच !

सापकोटाले पूर्वप्रधानन्यायाधीश जबरासँग आफ्नो नियमित सम्पर्क रहेको बताएका छन् । आफूले दैनिकजसो एकपटक भेट्ने र पटकपटक फोनमा कुराकानी हुने उनको भनाइ छ ।

‘फ्रिक्वेन्ट्ली कनेक्सन मेरो चोलेन्द्र श्रीमानसँगै हो । मैले डेली एकचोटि उहाँलाई भिजिट पनि गर्छु । मल्टिपल टाइम्स फोनमा कुरा पनि हुन्छ,’ उनले बयानमा भनेका छन् ।

उनले कांग्रेस नेता बालकृष्ण खाँणलाई चोलेन्द्रकै निकट व्यक्ति भन्दै खाँणमार्फत शेरबहादुर देउवासँग चिनजान भएको र दुईपटक भेटेको बताएका छन् ।

‘बालकृष्ण खाँडजी उहाँ (चोलेन्द्र)को मान्छे पनि पर्छ । बालकृष्ण खाँणमार्फत शेरबहादुर देउवालाई मैले चिनेको हो । मैले दुई चोटी भेटेको पनि छु,’ सापकोटाले भनेका छन्।

दीपक खड्कासँग पनि चोलेन्द्रमार्फत नै चिनजान भएको उनको दाबी छ ।

गगनलाई आधिकारिकता दिलाउन १८ करोडको डिल !

सापकोटाको बयानमा सबैभन्दा विस्फोटक दाबी कांग्रेस नेता गगन थापाको आधिकारिकतासम्बन्धी विवादसँग जोडिएको छ ।

उनले गगनलाई विशेष महाधिवेशनका बेला भेटेको र आधिकारिकता दिने प्रक्रियाका क्रममा सम्पर्क भएको बताएका छन् । उनको दाबीमा, गगनले आधिकारिकता पाउनुमा चोलेन्द्रशमशेर जबराको पहल थियो ।

‘चोलेन्द्र श्रीमानकै पहलमा गगनले आधिकारिकता पाउनु भएको हो । फेब्रुअरीमा गगनलाई आधिकारिकता दिलाउने गरी डिल भएको हो,’ सापकोटाले भनेका छन् ।

सापकोटाले गएकाे फेब्रुअरीमा गगनलाई आधिकारिकता दिलाउने विषयमा डिल भएको दाबी गरेका छन् ।

अदालतबाट आधिकारिकता दिने फैसला गराउने क्रममा ‘सारङ्गा श्रीमान्’लाई तीनदेखि चार करोड रुपैयाँ दिएपछि हुने भन्दै रकम दिइएको उनको भनाइ छ ।

यद्यपि, गगनसँग भएको भनिएको बैठकमा आफू प्रत्यक्ष सहभागी नभएको सापकोटाले स्पष्ट पारेका छन् । भोलिपल्ट चोलेन्द्रकै मुखबाट आफूले उक्त कुरा सुनेको उनको दाबी छ ।

‘गगनसँगको मिटिङमा म बसेको थिइनँ, तर भोलिपल्ट चोलेन्द्र श्रीमानको मुखबाट सुनेको हो,’ उनले भनेका छन् ।

सापकोटाका अनुसार, चोलेन्द्रले आफूलाई ‘देश अगाडि बढाउन सहयोग गर्नुपर्‍यो, निर्वाचन हुने अवस्था बनाउनुपर्‍यो’ भन्ने आशयको कुरा गर्दै १८ करोड रुपैयाँमा कुरा भएको बताएका थिए ।

‘देश अगाडि बढाउन सपोर्ट गर्नुपर्‍यो, इलेक्सन हुने अवस्था भयो, इलेक्सन गरेर देश अगाडि बढाउनुपर्छ भन्ने खालको कुरा गरेर मैले यतिमा गरेँ, १८ करोडमा कुरा भएको भनी मलाई भन्नुभएको हो,’ सापकोटाले बयानमा उल्लेख गरेका छन् ।

स्रोत सूत्र न्युज

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ