Sidha Post
२०८३ आश्विन २३, शुक्रबार

सिरहामा १ हजार १०२ किलो गाँजा बरामद, बोलेरो र मोटरसाइकल नियन्त्रणमा

  • सिधा पोस्ट
  • २०८३ आश्विन १५, बिहीबार ०८:२७ गते

सिधा पोष्ट संवाददाता

सिरहा ,असाेज १५ गते । सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलापुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

राति करिब १२ः३६ बजे विशेष सूचनाका आधारमा सुरक्षा बेस सुखीपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नं। ७ गण हे।क्वा। सिरहाबाट १५ जना, सुरक्षा बेस गोलबजारबाट ७ जना र सुरक्षा बेस सुखीपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जना गरी २९ जनाको टोली परिचालन गरिएको थियो।

टोलीले बा।१४ च २९४ नम्बरको फुलबडी बोलेरो गाडी र स।६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल मा लैजाँदै गरिएको अवस्थामा २६ बोरा गाँजा बरामद गरेको हो। नापतौल गर्दा बरामद गाँजाको कुल तौल १ हजार १०२ दशमलव ६५५ किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको मोबाइल टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू गाडी, मोटरसाइकल र गाँजा छाडेर पुलबाट हामफालेर फरार भएको बताइएको छ। त्यसपछि प्रहरीले गाडी, मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएर नं। ७ गण हे।क्वा। सिरहामा ल्याएको छ।

बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ

स्रोत पूर्वाञ्चल एक्सप्रेस अनलाइन न्युज

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ