Sidha Post
२०८३ आश्विन २३, शुक्रबार

सिरहामा ११०.७६० किलो गाँजासहित तीन जना पक्राउ

सिरहामा ११०.७६० किलो गाँजासहित तीन जना पक्राउ'
  • सिधा पोस्ट
  • २०८३ आश्विन १७, शनिबार ०९:१८ गते

असोज१७,२०८३ लहान । सिरहाको औरही गाउँपालिका–१ दरैयाबाट सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

विज्ञापन

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको १५ जनाको टोलीले शुक्रबार राति करिब १ः३५ बजे भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

विज्ञापन

सशस्त्र प्रहरी नं. ७ गणका प्रमुख सुमनजंग थापाका अनुसार नेपालबाट टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई ६ बोरा गाँजासहित पक्राउ गरिएको हो। नियन्त्रणमा लिएपछि गण हेडक्वार्टरमा ल्याएर नापतौल गर्दा ११०.७६० किलो गाँजा बरामद भएको थापाले जानकारी दिए।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका मनाई सदायका छोरा अन्दाजी ४३ वर्षीय मिश्रिलाल सदाय, सोही स्थानका प्रेमा सदायका छोरा अन्दाजी ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का रामप्रकाश यादवका छोरा अन्दाजी ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

 

स्रोत सत्यपथ खबर

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ