
सिधा पोष्ट संवाददाता,
भदौ२४, गोलबजार। सशस्त्र प्रहरी बल नेपाल सिरहाले भारी मात्रामा प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको छ।सिरहाको औरहि-४ इट्टाटार स्थित नेपाल-भारत सिमा तर्फ लैजादै गरेको अवस्थामा ७ नम्बर गण हेड्क्वाटर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलिले १ क्विन्टल ५७ किलो २०७ ग्राम प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको गरेको हो।
सिरहा सशस्त्र प्रहरी ७ नम्बर हेड्क्वाटर प्रमुख सुमन जंग थापाका अनुसार टाउकोमा बोकेर भारत तर्फ लैजादै गर्दा खटिएका मोबाइल गस्ती टोलिलाइ देखेर मानिसहरु फरार भए र उक्त गाजा बराबर गरिएको हो।उनका अनुसार प्लास्टिकमा बेरिएका र कपडाले बाधिएको ८ पोका बरामद गरिएको छ।”भने फरार व्यक्तिहरुको समेत खोजी जारी छ।
बराबर प्रतिबन्धित लागु औषध गाजा आवस्यक अनुसन्धान प्रक्रिया अगाडी बढाउन निकायमा पठाइएको छ।
तस्बिर:सत्यपथ खबर

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।