

सिरहामा आज भदौ २४ गते बिहान ८:१५ बजे को समयमा सिरहाको लहान सशस्त्र प्रहरी निरीक्षक को कमान्ड मा खटिएको ११ जना को र ईलाका प्रहरी कार्यालय लहान बाट प्रहरी सहायक निरीक्षक को कमान्ड मा खटिएको ९ जना को संयुक्त गाडी मोबाइल टोलि जिल्ला सिरहा लहान नगरपालिका वाडा नं. ३ स्थित ठाडी रोड बाट स १ च १४१४ नम्बरको स्कार्पियो गाडी र चालकलाई प्रहरी ले नियन्त्रणमा लिएको छ !
उक्त गाडी र चालक लाई सुरक्षा बेस लहान मा ल्याइ चेक जाँच गर्दा गाडी भित्र अबैध लागू औसत कोरेक्स (१०० ml ) १२३ बोतल फेला परेको सशस्त्र प्रहरी सिरहा ले जनाए को छ ।
फेला परेको लागू औसत कोरेक्स र स्कार्पियो र गाडी चालक सिरहा लहान नगरपालिका वाडा नं. १० बस्ने अन्दाजी ४१ वर्षिय बिसुन कुमार बिशुन्केलाई थप अनुसन्धान तथा कार्वाही को लागि ईलाका प्रहरी कार्यलय लहान मा बुझाए को सिरहा सशस्त्र प्रहरी ७ नम्बर हेड्क्वाटर प्रमुख सुमन जंग थापा ले जानकारी दिनुभएको छ
स्रोत सशस्त्र प्रहरी सिरहा 
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।