Sidha Post
२०८३ मंसिर ६, आईतबार
ट्रेन्डिङ
सिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयास

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

  • सिधा पोस्ट
  • २०८३ भाद्र २७, शनिबार

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिइन् । उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन् । यादव उद्योगमन्त्रीमा आसिन हुँदादेखि नै मुलुकमा ग्यासको अभावको सुरुवात भइसकेको थियो ।

भन्सार विभागको तथ्यांकले भने पछिल्ला महिनाहरूमा नेपालमा विगतको तुलनामा ग्यासको आपूर्तिमा वृद्धि हुँदै आएको देखाएको छ । तर, पूर्वमन्त्री यादवले समस्यालाई समाधान गर्ने हिसाबले भूमिका भने प्रदर्शन गर्न सकिनन् ।

बरु उल्टै आफ्नै कर्मचारी र व्यवसायी आक्रोशित हुनेगरी अभिव्यक्ति दिँदा उनले मन्त्री पदबाट नै राजीनामा दिने अवस्थाको सिर्जना भयो । तर, पूर्व मन्त्री यादवले राजीनामा दिएको दिनदेखि नै सरकारले अगाडि बढाएको अनुसन्धान तथा एक्सनले भने व्यवसायीले ग्यासको बिक्री प्रक्रियामा ठूलो छलछाम गरिरहेको हुनसक्ने आशंका पैदा गरेको छ ।

शुक्रबार मात्रै एक हजार बढी सिलिण्डर बरामद शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टालीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट र सामाखुशीको ग्यास बिक्रेताबाट लुकाइ राखेको ३७२ थाना ग्यास सिलिण्डर बरामद गर्‍यो । प्रहरीले नरेफाँटस्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक र बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यासको कारोबार गर्दै आएका व्यक्तिलाई पक्राउ पनि गर्‍यो ।

प्रहरीले शुक्रबार नै तीनकुनेस्थित गैरीगाउँबाट दुई वटा ट्रकमा लोड गरि राखिएको अवस्थामा ७ सय वटा सिलिण्डर बरामद गरेको छ । ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालकलाई पक्राउ पनि गरेको छ ।

स्तै, उद्योग, वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वभाविक बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने २ जना व्यवसायीलाई ६ लाख रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार विभागको टोलीले कागेश्वरी मनोहरा–६ स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारस्थित ग्यास पम्पलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको हो । बिहीबार पनि प्रहरीले भक्तपुरको सूर्यविनायकबाट ७५ थान र इटाछेबाट २८ सिलिण्डर ग्यास बरामद गरेको थियो ।

शुक्रबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले ग्यास उद्योग सहज बनाउने सम्बन्धमा उद्योगीहरूसँग छलफल पनि अगाडि बढाएका छन् । उनले शुक्रबार मन्त्रीको सपथ लिएलगत्तै उपभोक्ताले ग्यास पाउनुपर्ने बताएका थिए ।

प्रहरी र विभागले अनुसन्धान र कारबाही अघि बढाएसँगै ग्यास बिक्रेता महासंघले पनि उपभोक्तालाई अनावश्यक मूल्य नलिन व्यवसायीलाई आग्रह गर्दै विज्ञप्ति प्रकाशन गरेको छ । साथै, महासंघले विज्ञप्तिमार्फत सरकारले तोकेको बिक्री मूल्यभन्दा बढीमा ग्यास बिक्री गरी अनुचित लाभ लिने जोसुकैलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गरेको छ ।

 

 

स्रोत: Khabar hub

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ