Sidha Post
२०८३ आश्विन ५, सोमबार

गाँजा जस्तो देखिने पदार्थसहित एम्बुलेन्स नियन्त्रणमा’

  • सिधा पोस्ट
  • २०८३ भाद्र ३१, बुधबार ०८:३३ गते
Post Thumbnail
गाँजा जस्तो देखिने पदार्थसहित एम्बुलेन्स नियन्त्रणमा

भदौ ३१, २०८३

sharethis sharing button
twitter sharing button
whatsapp sharing buttonसिधा  पोष्ट संवाददाता
messenger sharing button

भदौ ३२, २०८३, लहान।सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

विज्ञापन

गत मंगलबार राति करिब ८ बजेको समयमा ज १ च १२१३ नम्बरको एम्बुलेन्समा लागूऔषध गाँजा लोड गरी सिरहातर्फ आउँदै गरेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एम्बुलेन्सको पिछा गरेको थियो।

विज्ञापन

प्रहरी टोलीले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा १ क्विन्टल ५ किलो प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार टोलीलाई देखेपछि एम्बुलेन्स चालक सवारीसाधन छाडेर फरार भएका थिए। चेकजाँचका क्रममा एम्बुलेन्सभित्र झुलका बोरामा प्याकिङ गरिएको अवस्थामा ५ बोरा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

फरार एम्बुलेन्स चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद पदार्थ र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

स्रोत सत्यपथ खबर

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ