Sidha Post
२०८३ आश्विन ५, सोमबार

पत्रकार मनोज मानब पक्राउ

  • सिधा पोस्ट
  • २०८३ आश्विन ५, सोमबार ११:१३ गते

सिधा पोष्ट सम्बादाता

सिरहा,असोज ५ गते । व्यक्तिको चरित्रहत्या एवं सामाजिक शान्ति भंग गर्दै आएका मनोज मानब भन्ने मनोज महतो पत्रकार उदउपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

महतोले विभिन्न व्यक्ति तथा सम्प्रदायक विरुद्ध अत्यन्तै अराजक र अशिष्ट ढंगबाट बदनाम र चरित्रहत्या गर्ने मनसायले विना प्रमाण् तथ्यहिन ,धम्कीपूर्ण  र भा्रमक साग्रीहरु सामाजिक संजालबाट पोष्ट गरी समाजिक सदभाब र शान्ति समेत खलल पार्ने र्कायमा संलग्न रहेको अधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरीएको छ ।

महतो सिरहा जिल्ला लायतका विभिन्न व्यक्तिहरुको चरित्र हत्या, ब्लायक मेल गर्ने जस्ता कार्यमा संलग्न रहेको अधारमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी जारी गरी उदयपुर प्रहरीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका महतोलाई साईवर अपराध सम्वन्धि मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कानूनी प्रक्रिया पुरा गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

स्रोत पूर्वाञ्चल एक्सप्रेस अनलाइन न्युज

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ