Sidha Post
२०८३ मंसिर ६, आईतबार
ट्रेन्डिङ
सिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयास

छोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”

  • सिधा पोस्ट
  • २०८३ कार्तिक १०, मंगलबार

धनुषा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले प्रहरीले छोरीको विवाह छुटाउन सहयोग नगरेको भन्दै सार्वजनिक कार्यक्रममै जिल्ला प्रहरी प्रमुखमाथि आक्रोश पोखेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–४, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले एक कार्यक्रममा भाषण गर्ने क्रममा विभिन्न सरकारी निकाय, जिल्ला प्रहरी कार्यालय धनुषा तथा एसपी खड्कालाई लक्षित गरी आपत्तिजनक, कपोलकल्पित, भ्रामक, अपमानजनक र तथ्यहीन टिप्पणी गरेका थिए।

प्रहरीका अनुसार सभापति यादवले आफ्नो एक पारिवारिक महिला सदस्य हराएको भन्दै २०८३ असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। सो विषयमा बुझ्ने क्रममा ती महिला काठमाडौं जिल्ला अदालतबाट २०८३ असोज १८ गते नै विवाहको नाता कायम गरिसकेको र असोज १४ गते आफ्ना पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ- उक्त घटनाबारे निवेदक तथा परिवारका अन्य सदस्यसँग प्रत्यक्ष कुराकानी गरी विवाहसम्बन्धी प्रमाणसमेत देखाइएको थियो। तर, यादवले आफ्नो मञ्जुरीबिना विवाह भएको भन्दै सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन दबाब दिएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार, यादवले आफ्नो पदको दुरुपयोग गरी अनुचित दबाब दिनुका साथै नगरमा हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेर्ने धम्कीसमेत दिएका थिए। यही विषयलाई लिएर यादवले सार्वजनिक कार्यक्रममा प्रहरी प्रशासन र एसपी खड्कालाई लक्षित गरी गरेको टिप्पणीप्रति जिल्ला प्रहरी कार्यालयले आपत्ति जनाएको हो।
एसपी खड्काले आफूले निरन्तर व्यावसायिकता, इमानदारिता र लगनशीलताका साथ नागरिकको सेवामा काम गरिरहेको उल्लेख गर्दै व्यक्तिगत मर्यादामा आँच आउने गरी लगाइएका आरोपको खण्डन गरेका छन्। उनले विज्ञप्तिमार्फत आरोप पुष्टि गर्न चुनौती दिँदै भ्रममा नपर्न र अपुष्ट सामग्री सामाजिक सञ्जालमा जथाभावी सेयर नगर्नसमेत अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनासम्बन्धी विषयमा प्रचलित कानुनबमोजिम उपचारको प्रक्रियामा जाने जानकारीसमेत दिएको छ।

 

स्रोत सिटी टेलिभिजन एचडी

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ