Sidha Post
२०८३ मंसिर ६, आईतबार
ट्रेन्डिङ
सिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयास

सिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौन

  • सिधा पोस्ट
  • २०८३ कार्तिक १८, बुधबार

सिराहा, धनगढीमाई १० सिरहा 

सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० स्थित जिरोमाइल चोकमा दिनहुँजसो सडक दुर्घटनाका घटनाहरू बढ्दै गएका छन्। यसैक्रममा आज फेरि जिरोमाइल एरियामा एउटा सिटी रिक्सा र कार आपसमा ठोक्किएर दुर्घटना भएको छ। सवारी साधनहरूको तीव्र गति र अव्यवस्थित यातायातका कारण यहाँ लगातार दुर्घटनाहरू भइरहे पनि सम्बन्धित निकायहरू भने पूर्ण रूपमा मौन र लापरवाह देखिएका छन्।

​स्थानीय बासिन्दाहरूका अनुसार जिरोमाइल चोकमा दैनिक जसो साना-ठूला दुर्घटनाहरू दोहोरिरहेका छन्। जसका कारण पैदलयात्रु, विद्यार्थी र स्थानीय व्यापारीहरू सधैं उच्च जोखिममा जीवन बिताउन बाध्य छन्। तर, यति संवेदनशील र गम्भीर विषयमा पनि स्थानीय वडाध्यक्ष, ट्राफिक प्रहरी कार्यालय र बजार व्यवस्थापन समिति कानमा तेल हालेर बसेको आरोप स्थानीय बासिन्दाले लगाएका छन्।

​”दिनहुँ दुर्घटना भइरहेका छन्, मानिसहरू घाइते भइरहेका छन्, तर न त ट्राफिक प्रहरीले यहाँ स्थायी रूपमा सुरक्षा जाँचको व्यवस्था मिलाएको छ, न वडा कार्यालयले यसको सुल्झान निकाल्न चासो देखाएको छ, अनि न बजार समितिले नै कुनै पहल गरेको छ,” एक स्थानीयले आक्रोश पोख्दै भने।

​दुर्घटनाका यी घटनाहरूप्रति तीनटै निकायको उदासीनताले गर्दा जनताको जीउधनको सुरक्षामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ। जिरोमाइल चोकमा ट्राफिक व्यवस्थापन चुस्त नबनाइए, गति नियन्त्रणका लागि ‘स्पीड ब्रेकर’ वा अन्य आवश्यक संकेतहरू नराखिए भविष्यमा अझ ठूलो मानवीय क्षति हुन सक्ने खतरा बढेको छ।

​स्थानीय बासिन्दा र सरोकारवालाहरूले समयमै यस गम्भीर समस्यातर्फ ध्यान दिन, जिरोमाइल चोकमा कडाइका साथ ट्राफिक व्यवस्थापन गर्न तथा लापर्बाही गर्ने स्थानीय वडाध्यक्ष, ट्राफिक प्रहरी र बजार समितिलाई तत्काल जिम्मेवार बन्न जोडदार माग गरेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ