Sidha Post
२०८३ मंसिर ६, आईतबार
ट्रेन्डिङ
सिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौनचार जिल्लाका छुट्टाछुट्टै स्थानमा चार जना मृत फेलापट्का पड्काउने क्रममा बालकको मृत्युनिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयास

निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँको

  • सिधा पोस्ट
  • २०८३ कार्तिक १९, बिहिबार

सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहका कदमविरुद्ध खरो रूपमा प्रस्तुत भएका थापाविरुद्ध निगरानी बढाएको पाइएको हो।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेस आधिकारिकताबारे दिएको भनिएको बयान प्रधानमन्त्री शाहको सचिवालयको योजनामा सार्वजनिक गरिएको भन्दै सरकारविरुद्ध कांग्रेस आक्रामक रूपमा प्रस्तुत भइरहेको छ।

कात्तिक १५ मा थापाले बालेन सरकारविरुद्ध आक्रमक अभिव्यक्ति दिएपछि निगरानी बढाएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले आइतबार साँझ स्टाटस लेखेर एक-दुई जनालाई उम्किन नदिने चेतावनी दिएका थिए। ‘सही समय आएपछि, सबैको गलत समय आउँछ,’ शाहले लेखेका थिए, ‘एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’

सोमबार साँझ थापाले सामाजिक सञ्जालबाटै प्रधानमन्त्री शाहलाई जवाफ फर्काउँदै लेखेका थिए- ‘अहिले ठिक १८:०० बजेको छ, तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

अहिले सभापति थापाका गतिविधिमाथि न्यौपाने थरका एक जना डीएसपीको टोलीले निरन्तर निगरानी गरिरहेको र बुधबार आईजीपीबाट कार्कीलाई हटाएसँगै त्यो झन् बढेको पाइएको सचिवालयका सदस्यहरूको भनाइ छ।

सभापति थापाको सचिवालयका एक सदस्यले बुधबार साँझ नेपालखबरसँग भने, ‘हाम्रो घर, सम्पर्क कार्यालय, पार्टी कार्यालय र भेटघाट गरिराख्ने ठाउँमा प्रहरीले निगरानी गरिराखेको छ। न्यौपाने थरका डीएसपीको टोलीले चार-पाँच दिनदेखि हामीलाई पछ्याइराखेको छ र अहिले निगरानी झन् बढेको छ।’

उनका भनाइमा मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदा पनि थापालाई प्रहरीले निगरानी गरिरहेकै थियो।

सुरक्षा निकायका एक जना उच्च अधिकारीले पनि प्रधानमन्त्री शाहको टिममा कांग्रेस सभापति थापालाई पक्राउ गर्नेबारे छलफल भइरहेको सुइँको पाएको बताए।

‘आईजीपी फेरेसँगै अबका केही दिनमै केही मान्छे पक्राउ गर्ने प्रधानमन्त्री कार्यालयको तयारी देखिन्छ। कांग्रेस सभापति गगन थापामाथि निगरानी बढाएको पनि त्यसैका लागि हो जस्तो छ’, ती सुरक्षा अधिकारी भन्छन्।

तिहारअगाडि केही मान्छे पक्राउ गर्ने योजनाअनुसार बुधबार नै आईजीपी दानबहादुर कार्कीलाई हटाइएको एक सुरक्षा अधिकारीले बताए।

‘दानबहादुर कार्कीलाई हटाउने कुरामा प्रधानमन्त्री प्रस्ट हुनुहुन्थ्यो। तर, शुक्रबारसम्म हटाउने भन्ने थियो। तिहारअघि नै केही नेताहरू पक्राउ गर्न बुधबार नै कार्कीलाई हटाउने निर्णय भएको हो’, ती अधिकारीले थपे।

इनमको बयानबारे सोधपुछका नाममा थापालाई केही दिन प्रहरी हिरासतमा राख्ने प्रधानमन्त्री कार्यालयको प्रारम्भिक तयारी देखिएको सुरक्षा स्रोतहरूको भनाइ छ।

थापानिकट कांग्रेसका एक नेताले भने, ‘मंगलबार साँझ नै समात्ने तयारी थियो रे। प्रधानमन्त्रीको सचिवालयमा कुरा नमिल्दा नसमातेको भन्ने जानकारी हामीले पाएका छौँ। तर, कुनै पनि बेला प्रहरीले समात्न सक्छ भन्नेमा हामी प्रस्ट छौँ। यिनीहरूको भय र भ्रमको शासनसँग डराउने कुरा छैन।’

सरकारले आफूलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने सुइँको पाएका थापाले त्यस्तो अवस्थामा चाल्ने रणनीतिबारे पार्टीभित्र आन्तरिक छलफल र परामर्श तीव्र पारेका छन्। बुधबार पार्टीका शीर्ष नेतासँग छलफल गरेका थापाले बिहीबारका लागि पदाधिकारीको बैठक नै बोलाएका छन्।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्रविरुद्ध कानुनी र राजनीति प्रतिवादमा उत्रिने बताएका छन्। पार्टी आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग कांग्रेसले गरेको छ।

कांग्रेसले छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्‍याउन उपसभापति पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएको छ।

आङ्देम्बेले मंगलबार विपक्षी दलसँग छलफल गरेका थिए। सरकार लोकतन्त्र विरोधी कदमविरुद्ध संसदमा एकमतका साथ प्रस्तुत हुने विपक्षीको निष्कर्ष छ।

यता भुसालले पार्टी र नेतृत्वविरुद्ध सरकारबाट षड्यन्त्र भइरहेको भन्दै कानुनी परामर्श अगाडि बढाएकी छन्।

 

स्रोत नेपाल खबर

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ