Sidha Post
२०८३ कार्तिक १०, सोमबार

मैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियो

  • सिधा पोस्ट
  • २०८३ कार्तिक ९, आईतवार २०:०३ गते

सिधा पोष्ट संवाददाता

सिरहा,८ कार्तिक:सिरहाको गोलबजार नगरपालिका–२ स्थित मैनावती खोला किनारमा बिना अनुमति उत्खनन गरिरहेको अवस्थामा नगर प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको स्काभेटर बिना अनुसन्धान नै छाडिएको छ।

अवैध उत्खनन भइरहेको सूचना पाएपछि नगर प्रहरी र सशस्त्र प्रहरीको टोली उत्खननस्थलमा पुगेको थियो। नगर प्रहरी रोविन श्रेष्ठको कमान्डमा दुई जना नगर प्रहरी र गोलबजारस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पबाट दुई जना सशस्त्र प्रहरी घटनास्थलमा खटिएका थिए।उक्त टोलीले उत्खननस्थलबाट स्काभेटर नियन्त्रणमा लिए पनि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि नबढाई छाडिएको हो।

नगर प्रहरीका सई रोविन श्रेष्ठका अनुसार, नगर प्रहरीले स्काभेटर नियन्त्रणमा लिएपछि त्यसलाई नगरपालिका पुर्‍याउन सशस्त्र प्रहरीसँग सहयोग मागेको थियो। तर, सशस्त्र प्रहरी ढिलो आइपुगेका कारण स्काभेटर नगरपालिका लैजान नसकिएको उनले बताए।
श्रेष्ठले अवैध उत्खननसम्बन्धी सम्पूर्ण जानकारी नगर प्रमुख श्यामकुमार श्रेष्ठलाई गराइसकेको बताए। नियन्त्रणमा लिइएको स्काभेटर पूर्वमेयर देवनाथ साहको रहेको बुझिएको उनले जानकारी दिए।उनका अनुसार, निजी जग्गामा उत्खनन गरिएको भए पनि नगरपालिकाबाट आवश्यक अनुमति नलिएको बुझिएको छ।

यता,सशस्त्र प्रहरी सिरहाका एसपी सुमन जंग थापाले उत्खनन् बारे आफुलाइ जानकरी नभएको बताए ।उनले भने,नियन्त्रणमा लिएको स्काईभेटर कुन आधारमा छाडिएको बारे बुझेर मात्र केही थप प्रतिक्रिया दिन सकिने बताए ।

नियन्त्रणमा लिएको स्काइभेटर विना अनुसन्धान र कार्वाही प्रक्रिया बिना छाडनु सम्बन्धित निकायहरुकै मिलोमतोमा उत्खनन् भइरहेको स्थानियहरुको आरोप छ । गोलबजारमा दिनरात जथाभावी उत्खनन् हुदा पनि सम्बन्धीत निकाय मौन छ ।

 

स्रोत मधेस टाइम्स

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ