Sidha Post
२०८३ कार्तिक ७, शुक्रबार

सिरहामा १२ लाख ३८ हजार ५५० रुपैया को पटाका पक्राउ गरी नष्ट

सिरहामा १२ लाख ३८ हजार ५५० रुपैया को पटाका पक्राउ गरी नष्ट
  • सिधा पोस्ट
  • २०८३ आश्विन १५, बिहीबार १९:०४ गते

सिधा पोष्ट संवाददाता

 

सिरहामा १२ लाख ३८ हजार ५५० रुपैयाँ बराबरको पटका नष्ट
सिरहा असोज १५ गते । सशस्त्र प्रहरी बल नेपाल, सिरहाले जिल्लाका विभिन्न सीमा इलाकाबाट बरामद गरेको ठूलो परिमाणको पटाका नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सिरहाले विभिन्न सीमा नाकाबाट बरामद गरेको कुल १२ लाख ३८ हजार ५५० रुपैयाँ मूल्य बराबरको पटाका आज दिउँसो ३ बजे नष्ट गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस, सिरहाको परिसरभित्र खाल्डो खनी स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारणको रोहबरमा बरामद पटाका नष्ट गरिएको सशस्त्र प्रहरी वल सिरहाले जनाएको छ।
दशै तिहार निजकै गर्दा विभन्न नाकाहरुबाट चोरी निकासी गरी भित्र्याइएका तथा नियन्त्रणमा लिइएका पटाका नष्ट गरिएको जनाइएको छ।
चाडबाड नजिकै गर्दा सिमामा थप कडाई गरिएको जनाईएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ