Sidha Post
२०८३ कार्तिक ७, शुक्रबार

गोलबजारमा स्याउ लोड गरिएको ट्रक दुर्घटना, चालक घाइते

  • सिधा पोस्ट
  • २०८३ कार्तिक १, शनिबार ०८:३७ गते

सिधा पोष्ट संवाददाता

२०८३/६/३१ गते

गोलबजारमा स्याउ लोड गरिएको ट्रक दुर्घटना, चालक घाइते

सिरहाको गोलबजार स्थित पुरानो दुर्गा मन्दिर नजिक ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।

प्राप्त विवरणअनुसार, आज बिहान करिब ६:१५ बजे भारतको बिहार हुँदै वीरगञ्ज नाकाबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको स्याउ लोड गरिएको ट्रक दुर्घटनामा परेको हो।


दुर्घटनामा ट्रक चालक जुबैर कुमार घाइते भएका छन्। JK 03 / J 2121 नम्बरको ट्रक दुर्घटनामा परेको बताइएको छ।

घाइते चालकलाई उपचारका लागि लाइफलङ्ग अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन।

स्रोत यम स्टार tv

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ